दुवै समुहको दाबी निर्वाचन आयोगद्वारा अस्विकार, पार्टी नफुटेको निष्कर्ष निकाल्ने तयारी

National News News

The Mirror Desk,

काठमाडौँ, सतारुढ दल नेकपाका दुवै समुहले आ-आफ्नै ढंगले पार्टीमा गरेको परिबर्तनलाई निर्वाचन आयोगले अस्वीकार गर्नेसक्ने भएको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै समुहलेले दिएको जवाफ चित्ताबुज्दो नभएको आयोगले जनाएको छ।

आयोग स्रोतले भनेको छ, ”प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिएका निर्णय दलको विधानसम्मत छैनन्, दुवै समूहबाट पार्टीमा गरिएका परिबर्तन दलको विधानअनुसार मेल खादैन, दुवै समुहले आफ्नो निर्णय तथा कामकारबाहीलाई विधानअनुकूल गरेको दाबी गरे पनि त्यो मिलेको छैन,आयोग करिब-करिब त्यही निष्कर्षमा पुग्न लागेको छ , केहि दिनभित्र बस्ने बैठकले दुवै समुहको माग र दाबीलाई अस्वीकार गर्ने निर्णय लिने सम्भावना प्रबल छ”।

त्यसकारण निर्वाचन आयोगले दुवै समुहको निर्णयलाई अवैधानिक भन्दै त्यसलाई अस्वीकार गर्नुको अर्थ के हुन्छ भने औपचारिक रूपमा नेकपा एउटै रहेको छ । आयोगको रेकर्डमा नेकपाका दुई अध्यक्ष के पी ओली र प्रचण्ड नै हुनेछन् । नेता माधब नेपाल पार्टी अध्यक्ष बनेको कुराले वैधानिकता पाउने छैन । बाहिर नेकपा विभाजित अवस्थामा रहे पनि कानुनी परिभाषामा नेकपा एउटै मानिनेछ। दल विभाजन गर्दा कानुनी प्रक्रियाहरु पुरा नगरेकोले निर्वाचन आयोगले जबर्जस्ती दल विभाजन गरिदिने अवस्था वा त्यस बारे निर्यण गर्ने आधार हुदैन। यो समाचार कान्तिपुरले छापेको छ।

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *