jagannath poudel

‘देउवाको अनुशासनको कारबाही भोग्न तयार छु तर उम्मेदवारी फिर्ता लिन्न’

National News News

The Mirror

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसका बिद्रोही उम्मेदवार तथा पूर्वसांसद जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नलिने प्रष्ट परेका छन्।

उनलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए।गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका भएपनि पौडेलले भने आफू निकै अघि बढिसकेको भन्दै पछि हट्न नमिल्ने बताएका छन्।

मन्त्री खाँणले गठबन्धन अनुसार चितवन महानगरपालिका माओवादी केन्द्रको भागमा परेको भन्दै नोमिनेसन फिर्ता लिन आग्रह गरेपनि पौडेलले भने बरु देउवाको अनुशासनको कारबाही भोग्न तयार रहेको भएको तर आफु पछाडी नहट्ने स्पस्ट परे।

पौडेलले गृहमन्त्रीसँग भने, ‘म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु, चितवन जिल्ला र साथीहरूको मान मर्यादा, प्रतिष्ठा, उहाँहरूको भविश्वसँग जोडिएको विषय भएकाले मैले एक्लैले निर्णय गर्ने विषय भएन, जसले गर्दा उम्मेदवारी फिर्ता गर्न सम्भव भएन’।

पौडेलले भने, ‘आफूले एउटा सामान्य नागरिकको हिसाबले मेयर पदमा उम्मेदवारी दिएको तर यसमा अनुशासन उल्लंघन गरेको जस्तो लागेमा कारवाही स्वीकार्न तयार छु, तपाईहरूले पनि एउटा कांग्रेसको कार्यकर्ता भएको नाताले यस्ले उम्मेदवारी दिएछ भन्ने सोच्नुपर्छ, यदि तपाईलाई लाग्छ अनुशासनको सीमा नाघ्यो भने अनुशासनमा कारबाही गर्न सक्ने व्यवस्था पनि छ, त्यसमा मलाई कुनै आपत्ति हुँदैन, त्यसमा मेरो कुनै गुनासो हुँदैन’।

उनलाई उम्मेदवारी फिर्ता लिएको खण्डमा प्रदेश सभा सदस्य बनाउने प्रस्तावसमेत गृहमन्त्री खाँणले राखेका थियो। त्यति मात्र नभएर प्रतिनिधिसभामा समेत लैजाने र मन्त्री बनाउने प्रस्तावसमेत गरिएको थियो तर उहाँले आफू मेयर पदका लागि निकै अघि बढिसकेको र पछि फर्किन सम्भव नरहेको भन्दै सबै अफरहरु अस्वीकार गरेका थियो।

पाँच दलीय गठबन्धनको भागबन्डामा भरतपुर महानगरपालिका माओवादीको भागमा परेको छ। जहाँबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल मेयरमा उठेकी छन्।

[ref-imagekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *