nepali congress

देउवाको गृह जिल्ला डडेलधुराका सबै तहमा कांग्रेसका विद्रोही उम्मेदवार

National News News

The Mirror

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसँगै कांग्रेसको विद्रोही समूहका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन।

त्यहाँ कांग्रेसको असन्तुस्ट विद्रोही समूहले एमालेसँग सबै स्थानीय तहहरुमा तालमेल गरेर उम्मेदवारी दिएको छ।

सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका डिल्ली जोशी र पार्वती झुकालले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन। यसैगरी नेकपा समाजवादीकी संगीता भण्डारीले प्रमुख र उपप्रमुखमा भुवन पाठकले उम्मेदवारी दर्ता गराएका छन।

त्यस्तै माओवादी केन्द्रबाट लक्ष्मण सिंहले प्रमुख र शशी अवस्थीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन। यस्तै राप्रपाबाट गोविन्द खडायत प्रमुख र कविता जोशीले उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन।

जिल्लाको अर्को परशुराम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी प्रमुखमा र कलावती वोहराले उपप्रमुखमा मनोनयन दर्ता गरेका छन। एमालेका केशव बोहरा प्रमुख र गोमती पन्तले उपप्रमुखमा उम्मेदवारी दिएका छन। नेकपा माओवादीबाट शेरसिंह मालले प्रमुख र उपप्रमुखमा विमलाकुमारी महताले मनोनयन दर्ता गरेका छन।

आलीताल गाउँपालिकामा कांग्रेस कावलबहादुर गुरुङ अध्यक्ष र उपाध्यक्षमा ज्वालदेवी बोकटीले मनोनयन दर्ता गरेका छन। एमालेका मिन बोकटी अध्यक्ष र शान्ती भट्ट जोशीले उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन।

नेकपा माओवादीबाट अध्यक्षमा शेर पार्की र उपाध्यक्षमा मञ्जु रावलले मनोनयन दर्ता गरेका छन। समाजवादीबाट अध्यक्षमा तुलाराम बोहरा र उपाध्यक्षमा लक्ष्मी धामी रहेका छन। आलीताल गाउँपालिकामा टेकबहादुर धामीले अध्यक्षमा स्वतन्त्रमा उम्मेदवारीमा दर्ता गरेका छन।

भागेश्वर गाउँपाकिलामा कांग्रेसबाट हेमराज चटौतले अध्यक्ष र पुष्पा ठकुराठीले उपाध्यक्षमा मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। एमालेबाट राम शाहीले अध्यक्ष र कांग्रेसको विद्रोही समूहबाट तालमेलमा शान्ति जोशीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन।

नेकपा माओवादीवाट विष्णु पाण्डेयले अध्यक्ष र गीता भट्टले उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन। समाजवादीबाट भने भागेश्वर गाउँपालिका अध्यक्षमा प्रेम साउँदले मात्र मनोनयन दर्ता गरेका छन।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुराको अध्यक्षमा कांग्रेसका इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेठी देउवाले उम्मेदवारी दिएका छन। निर्वाचन कार्यालयकाअनुसार बागी उम्मेदवार कांग्रेसका सुरेन्द्र माली र उपाध्यक्षमा एमालेका इन्द्र महराले उम्मेदवारी दर्ता गरेका छन।

७ स्थानीय तह रहेको डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेर बीपी कांग्रेसको चुनाव चिह्नमा एमालेसँग तालमेल गरी सबै स्थानीय तहमा बागी उम्मेदवारले मनोनयन दर्ता गरेका छन। डडेलधुरामा सत्ता गठवन्धनबीच तालमेल हुन सकेको थिएन। [यो समाचार कान्तिपुरमा छापिएको छ]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *