Ministry of Industry to the Chief Justice's brother-in-law for making Deuba the Prime Minister

देउवालाई प्रधानमन्त्री बनाए बापत प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालय

Breaking News National News News

The Mirror Desk

अब विस्तार हुने मन्त्रिपरिषदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिईने भएको छ।

यसअघि प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा मन्त्रीको भाग खोजेको कुरा सार्बजनिक भएको थियो। अहिले हमाल मन्त्री बन्ने पक्का भएपछि उक्त कुराको पुष्टि भएको छ। गजेन्द्र हमाल मन्त्री बन्न लागेको कुरा देउवाको सचिवालयले पनि पुष्टि गरेको छ।

यसअघि प्रधानन्यायाधीश जबराले मन्त्रीमा कोटा मागेको भन्ने हल्ला फिँजिएपछि प्रधानन्यायाधीश जबराले आफ्नो बचाउ गर्न भ्रामक समाचार फैलाइएको भनेर उक्त समाचारको खण्डन गर्दै मन्त्रिपरिषद्मा आफूले कुनै भागबन्डा नमागेको स्पष्टीकरण दिएका थिए।

जेठान हमाललाई मन्त्री बनाउने विषयमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एस) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवको समेत सहमति छ।

तर उनको त्यो बचावट र स्पष्टीकरण केही दिनमै झूटो प्रमाणित भएको छ। हमाल मन्त्री बन्न लागेको बारे प्रधानन्यायाधीश जबराले कांग्रेस नेता भएकाले मन्त्री बन्न लागेको भनेर झुठो र हास्यास्पद तर्क छन। हमाल बाँकेबाट कांग्रेस राजनीतिमा छन् तर, उनी राजनीतिमा सक्रिय छैनन्।

जेठान गजेन्द्र हमाल

त्यसैले एक प्रधानमन्त्री र तीन राज्यमन्त्रीबाहेक मन्त्रिपरिषद्मा २१ मन्त्री हुन् सक्छन्। यसमध्ये कांग्रेस ७, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले ४–४ पाउने गरी २० मन्त्रालय भागबन्डा गरिएको छ। बाँकी एउटा मन्त्रालय प्रधानन्यायाधीशका जेठान गजेन्द्र हमाललाई दिइएको हो।

[ref-news24]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

1 thought on “देउवालाई प्रधानमन्त्री बनाए बापत प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *