arzu rana

‘देउवा पत्नी आरजुको स्रोत नखुलेको दुई अर्बको सम्पत्ति’

National News News

The Mirror Desk,

गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा पूर्व सांसद आरजु राणा विरुद्ध उजूरी पर्यो। परेपछि छानविनको क्रममा राणाको नाममा स्रोत नखुलेको करिब दुई अर्ब बराबरको सम्पत्ति फेला परेको छ। छानविनको क्रममा सम्पत्ति शुद्धिकरण विभागले करिब २ अर्ब बराबरको सम्पत्ति फेला पारेको बताइएको छ।

राणाको विषयमा गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ। विभागका अनुसार अनुसन्धानका क्रममा राणाका नाममा फेला परेको सम्पत्तिको स्रोत खुलेको छैन। अनुसन्धानका क्रममा धेरै आश्चर्यजनक तथ्यहरू भेटिएको समेत बताइएको छ।

विभाग स्रोतका अनुसार, ‘शैक्षिक संस्थामा गरेको लगानी, शेयर बजारमा गरेको लगानी, घरजग्गा र हाइड्रोपावरमा भएको लगानी मध्ये धेरैको स्रोत खुल्दैन’। राणा लगायतको लगानीमा ललितपुरस्थित खुमलटारमा नेपालकै महँगो शुल्क लाग्ने युलेन्स स्कुल तथा क्याम्पस सञ्चालनमा छ। विभिन्न हाइड्रोपावर, बैंक तथा वित्तिय संस्थाहरूमा राणाको नाममा शेयर भेटिएको छ।

त्यतिमात्र होइन थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा पनि राणाको लगानी रहेको खुलेको छ। यस्तै स्रोत नखुलेको धेरै लगानी भेटिएको बताइएको छ। राणाले गत निर्वाचनमा निर्वाचनताका कैलालीमा किनेको घरको समेत लगानीको स्रोत म्याच नभएको विभाग स्रोतको दाबी छ।

राणाका पति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री हुँदा सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा भने श्रीमतीको नाममा रहेको कुनै पनि सम्पत्ति विवरण देखाएका छैनन्।[हिमाल पोस्ट बाट]

Please, Watch This Video About Sher Bahadur Deuba

Enjoy This video…

Video Credit – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *