‘देउवा, प्रचण्ड र नेपालबीच छलफल, देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह’

National News News

The Mirror Desk,

काठमाडौँ, सर्वोच्चले मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि राजनीतिक माहोल तातेको छ। को कता लाग्ने हो केहि पनि अत्तो पत्तो छैन? यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।

बुधबार चितवनबाट फर्केलगत्तै प्रचण्ड-नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। उनीहरूबीच अहिले छलफल जारी छ। ‘उहाँहरूबीच छलफल जारी छ र निर्णय भने केहि पनि भएको छैन,’ देउवाका सहयोगी भानु देउवाले भने। प्रचण्ड र नेपाल दिउसो १:१५ बजे देउवा निवास पुगेका थिए।

सर्वोच्चले मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरेको थियो। अब कसरी अगाडि बढ्ने भन्नेबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल भएको छ। प्रचण्डले सबै दलसँग सहमति र समझदारी गरेर अघि बढ्ने बताइरहेका छन्। भेटमा प्रचण्ड र नेपालले देउवालाइ प्रधानमन्त्री बनिदिन घुमाउरो पारामा अनुरोध गरेको भानु देउवाले बताए।

[ref-setopati]

अन्तमा यो भिडियो पनि हेर्नुहोस है
महानिर्देशक गुरु भट्टराई को अश्लिताले भरिएको यो कुराकानी…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *