Congress

देउवा बिरुद्ध कांग्रेसका सयौ नेताहरुको सामूहिक राजीनामा

National News News

The Mirror

पार्टीले पछिल्लो पटक चालेको नीतिप्रति असहमति जनाउँदै नुवाकोटमा मगलबार एकै पटक एक सय ३० जना भन्दाबढीले दल त्यागेका छन्। उनीहरुले पार्टीले तल्लो तहका कार्यकर्ताको भावना तथा धारणा लत्याएको जनाउँदै विदुरस्थित जिल्ला पार्टी कार्यालय पुगेर सामूहिक राजीनामा दिएका हुन।

नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का नेपाली कांग्रेसका १ सय ३० जना सक्रिय नेताहरुले एक साथ राजीनामा दिएका हुन। उनीहरुले कांग्रेस जिल्ला उपसभापति राजु थापासमक्ष राजीनामा दिएका हुन।

२०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरका आकांक्षीसमेत रहेका ५० वर्षिय बद्रीप्रसाद त्रिपाठीसहित १ सय ३० जनाले सामूहिक राजीनामा दिएका हुन्। कांग्रेस कार्यकर्ताभन्दा नेतामुखी भएको उनीहरुको भनाई छ।

उनीहरुले सभापति शेर बहादुर दॆउवालाई काँग्रेसको सिद्दान्त प्रधानमन्त्रीको कुर्ची संग साटेको र पार्टीको नेतृत्व प्रचण्डलाई सुम्पिन आटेको समेत आरोप लगाएका छन।

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *