देशमै गाडी उत्पादन सम्भव, पार्टपूर्जामा ५० प्रतिशत भन्सार छुट हुनुपर्ने

Business

The Mirror Desk,

काठमाडौँ, गत शुक्रबार निजी क्षेत्रका उद्योगी व्यवसायीसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले यदि नेपालमै गाडी उत्पादन गर्ने हो भने सरकारले सोचेभन्दा बढी सुविधा दिने कुरा अटोमोबाइल्स कम्पनीहरु लाई बताएका थिए। यो कुराले ति कम्पनी निकै उत्साहित भएका छन्। प्रधानमन्त्रीले सो कुरा बताएपछि उद्योगीहरूले पनि सरकारले चाहेमा निजी क्षेत्रले नेपालमै गाडी एसेम्बल गर्न सक्ने बताएका छन।

२ वर्ष अगाडिनै दक्षिण कोरियाको सवारी उत्पादक कम्पनी मोट्रेक्सले नेपालमै गाडी उत्पादनका लागि लगानी बोर्डसँग स्वीकृति लिएको थियो तर पनि सो काम अझै सम्म सुरु भसकेको छैन।

सवारीसाधनहरूका आधिकारिक बिक्रेताहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलाल स्वदेशमै गाडी उत्पादनका लागि सरकारले सहयोग गरे सम्भव रहेको बताउँछन्। सरकारले भनेर भन्दा पनि गाडी उत्पादनको लागि काम नै गरेर अगाडि बढेमात्रै विश्वास गर्न सकिने अध्यक्ष कृष्णप्रसाद दुलालले बताए। उनले भने, ‘यदि सम्पूर्ण पार्ट्सहरुमा कमसेकम ५० प्रतिशत छुट दिने र त्यो बढाउदै लग्ने हो भने हामी उत्पादन सजिलै गर्न सक्छौ’।

नेपालमा उत्पादन भएका गाडीको बजार व्यवस्थापन, सहुलियत ऋण, भन्सार, कर र अन्तशुल्कमा छुट दिने हो भने नेपालमा गाडी उत्पादन गर्न सकिने उनले बताए। सकारले नेपालमा नै सवारीसाधन एसेम्बल गर्न विदेशबाट सामान आयात गर्दा शुरूमा २५ प्रतिशत र त्यो भन्दा पछि एसेम्बलको लागि सामान आयात गर्दा ५० प्रतिशत अन्तशुल्क छुट दिने गरेको छ।

उद्योग विभागका अनुसार अहिलेसम्म २३ वटा कम्पनी दर्ता भएका छन्। यी मध्ये १५ वटामा विदेशी कम्पनीले लगानी गर्दैछन्। २३ वटामध्ये धेरैले विद्युतीय मोटरसाइल र स्कुटर उत्पादनको लक्ष्य राखेका छन्। तर, उद्योग विभागमा दर्ता भएका ती कम्पनीले कहिलेबाट उत्पादन थाल्छन् भन्ने यकिन छैन।

नेपालमा गाडी एसेम्बल गर्ने १२ अर्ब ६२ करोड ५५ लाख लगानीका उद्योग दर्ता भएकोमा विदेशी कम्पनीका मात्रै १० अर्ब ४४ करोड ५० लाखको लगानी हुने विभागको तथ्याङ्कमा उल्लेख छ। दर्ता भएको उद्योगहरु मध्ये सबैभन्दा धेरै लगानी कोरियाको मोट्रेक्स कम्पनी प्रालिको हुनेछ। यो उद्योगकोमात्रै १० अर्ब ५४ करोड लगानी छ।

नेपालमा हाल गोल्छा अर्गनाइजेशन र जगदम्बा मोटर्सले कम्पनीले पेट्रोलबाट चल्ने बाइक एसेम्बल गर्छ । दुई कम्पनीले टिभिएस र बजाज ब्रान्डका केही सेगमेन्टका बाइकहरु नेपालमै एसेम्बल गर्छ।[यो समाचार नेपाल एक्सप्रेसले छापेको छ]

अन्तमा यो महत्त्वपूर्ण भिडियो पनि हेर्नुहोस

जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’

उनले बोलेको कुरा यो भिडियोमा

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *