दोलखा जिल्ला र चीनको तिब्बत जोड्ने सुरुङमार्गको डिजाइन पुरा

Business National News News

The Mirror Desk,

काठमाडौँ, नेपाल सरकार अन्तर्गतको सडक विभागले दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण सुरु हुने भएको छ। लामाबगरबाट ९ किलोमिटर टाढा पर्ने लप्चीसम्म सुरुङमार्गको डिजाइनसमेत तयार भएको छ।

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुरुङ मार्ग निर्माणका लागि यसै वर्षमा ठेक्का लाग्ने बताए। सुरुङमार्ग निर्माण गर्नका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको सहमति पनि माग गरिसकिएको उनले जानकारी दिए।

सुरुङमार्गको निर्माणपछि चीनसँग जोडिने छोटो सडकमार्ग बन्नेछ। आगामी दिनमा नाका खुलाउने योजना अनुसार चीनसँग जोड्ने निकै छोटो दूरीमा पर्ने उक्त नाका खुलाउन लागिएको हो।

माथिल्लो तामाकोशीको मुखबाट सुरु हुने उक्त मार्ग निर्माणपछि चीनबाट आयात हुने सामान ढुवानी गर्न र दोलखामा उत्पादित तरकारी तथा अन्य बालीको निकासी गर्न सहज हुने स्थानीयवासीले बताए।

उक्त मार्ग निर्माण गर्नका लागि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको हेडवक्र्समाथिको भागमा करिब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ। सो सुरुङसँगै थप ९ किमी सडक निर्माण भएछि मात्रै चीनसँग नाका जोडिने छ। उक्त मार्गलाई चीन र भारतसँग जोड्ने नेपालकै छोटो दूरीको सडक बन्ने बताइएको छ।

[ref-Okhabar]

अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस

आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *