The Mirror
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन।
उनले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका हुन। अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए।
हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए। निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाए। तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए।
२०७४ सालको स्थानीय तहको चुनावमा हमाल कांग्रेसका ओडसँग २७ सय मतान्तरले पराजित भएका थिए।
यसपटकको चुनावमा कांग्रेसले माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि ओडले लज्जास्पद हार व्यहोरेका छन।
उपमेयरमा भने एमालेकी कन्दकला राना विजयी भएकी छन। मतगणनाको सुरूआतदेखि अग्रता लिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई २८०९मतान्तरले पराजित गरेकी हुन् ।
रानाले १५ हजार ४७९ मत पाउँदा अधिकारीले १२ हजार ६७० मत मात्रै प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६६०९ मत ल्याइन्।
१९ वटा वडा रहेको धनगढीमा कांग्रेसले ११ वटा वडा जितेको छ भने एमालेले ६ वटा र माओवादखीले २ वटा वडा जितेको छ।
वडानम्बर १,२,३,४,५,१४,१५,१७,१९,९ र १३ कांग्रेसले जितेको छ। एमालेले ७, ८, १०, ११, १२ र १८ र माओवादी केन्द्रले ६ र १६ नम्बर वडा जितेको छ।
[refonlinekhabar]
अन्तमा यो पनि…