धनुषाको भिमानबाट नेपालमा बनेको नेपाली रकेट ‘गरुडा’ प्रक्षेपण गरिँदै

Science & Technology

The Mirror Desk,

काठमाडौँ, नेपाली विद्यार्थीले बनाएको ‘गरुडा’ नामको नेपाली रकेट अगामी शनिबार धनुषाको भिमानमा प्रक्षेपण परीक्षण गरिने भएको छ। स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा पहिलोपटक सहभागिताका लागि सो नेपाली रकेट परीक्षण गर्न लागिएको हो।

एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा काठमाडौं विश्वविद्यालयका तर्फबाट ओपन रकेट्री एन्ड स्पेस सोसाइटीले प्रतिस्पर्धा गर्दै छ।

निर्माणकर्ता इन्जिनियर मोहन तामाङले भने, ‘यो विश्वको सबैभन्दा ठूलो विश्वविद्यालयस्तरीय रकेट इन्जिनियरिङ प्रतिस्पर्धा हो, हामीले विज्ञानका पिता अल्बर्ट आइन्सटाइनको जन्मोत्सवको अवसर पारेर मार्च १५ मा लन्च गर्ने तयारी गरेका थियौं तर केहि ढिला भयो, प्रक्षेपण सफल भए गरुडा अमेरिकी आकाशमा उड्नेछ’।

रकेटमा माथिल्लो उचाइबाट तस्बिर खिच्न मिल्ने गरी क्युबस्याट क्यामेरा पनि जडान गरिएको तामाङले बताए। १० हजार फिटमाथि पुग्ने यो रकेट प्रक्षेपण भएपछि प्यारासुटको सहायताबाट ती उपकरण झारिने व्यवस्था मिलाइएको छ। रकेटको मोटर टेस्ट पनि सफल भएको उनले बताए । ‘प्रारम्भिक परीक्षण सबै सफल भयो, अब प्रक्षेपण गरेपछि थाहा हुन्छ,’ उनले भने । लन्च गरेपछि कुनै समस्या नदेखिए अर्को प्रोटोटाइप तयार गर्ने उनले बताए। रकेटले ४ किलोग्रामसम्मको सर्भिलेन्स २ युनिट क्युबस्याट बोक्न सक्छ। ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ। यो प्रतिसेकन्ड १ हजार १ फिटको गतिले उड्न सक्ने तामाङले बताए। फाइबर ग्लासबाट निर्माण भइरहेको रकेटको तौल २२.६ केजी छ।

नेपाली रकेट गरुडा

रकेट प्रक्षेपणका लागि नेपाली सेनाको रिसर्च एन्ड डेभलपिङ विंग्सले सबै लजिस्टिक सहयोग गर्ने भएको छ। सेनाले रकेट र रकेट लन्चर परीक्षणस्थलम्म लैजाने बन्दोबस्तीको सहयोग गर्ने छ। भिमानमा सेनाको फाइरिङ रेन्ज भएकोले त्यहीं परीक्षण गर्ने योजना रहेको सेनाले जनाएको छ। युवा वैज्ञानिकलाई प्रोत्साहनका साथै इनोभेसनमा सहयोग पुर्‍याउन आफ्नो कर्तब्य भएको सेनाले जनाएको छ।

यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रकेट निर्माण तथा प्रतियोगितामा सहभागी हुनका लागि १७ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ नास्टले पनि ३ लाख रुपैयाँ दिने सहमति भएको छ र मन्त्रालयले १७ लाख रुपैयाँ दिने भने पनि अझै सम्म दिएको छैन।

[ref-kantipur]

अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस

आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *