The Mirror
चर्चित र निकै लोकप्रिय लोकदोहोरी गायिका बीमाकुमारी दुराले बाँकी जीवन अमेरिकामा बिताउने निर्णय गर्दै सदाका लागी नेपाल छाडेकी छन। उनी केही दिनअघि श्रीमानसहित अमेरिकाको न्युयोर्क पुगिन।
दुरा दम्पती अब न्युयोर्कमा छोरीसँगै बस्ने निर्णयका साथ अमेरिका पुगेका हुन। उनकी छोरी चार वर्षदेखि अमेरिकामा बस्दै आएकी छं।
नेपाल छोडेर अमेरिका उड्नुअघि टिकटकमा मर्मस्पर्शी भिडियो पोस्ट गर्दै उनले बाध्यताले देश छाडेर जान लागेको बताएकी छन।
भिडियोमा उनले भनेकी छन्, ‘मेरै देशले जन्मायो, मेरै देशले हुर्कायो, मेरै देशको माटोले मलाई सिन्दूर पहिर्यायो तर बाध्यता पनि यस्तो कि यस्तो कहिल्यै नहोस्, नेपाली जनताले सेवा पाउन, म जस्तो रोएर हिंड्नु नपरोस् मेरो देशको जनताले, जय देश, जय नेपाल प्यारो छ मलाई, मलाई हुर्काइदियौ, फुर्काइदियौ, मलाई सात समुन्द्रसम्म घुमाइदियौ, धन्यवाद मेरो नेपाललाई तर न्याय कहाँ छ भन्न चाहन्छु’।
केही समयअघि उनी आफ्नो घर बिक्रीमा ठगिएको समाचार बाहिरिएको थियो। गोंगबुमा आफूले निर्माण गरेको पाँचतले घर बिक्री गर्ने क्रममा उनी आफन्तबाटै ठगिएको उल्लेख छ।
पछिल्ला अन्तर्वार्तामा दुरा निकै भक्कानिएको देखिन्छ। एक महिना अघिको एक अन्तर्वार्तामा उनले आफू एक वर्षदेखि राम्रोसँग नसुतेको बताएकी थिइन्। केही दिनअघि फेसबुकमा समेत स्टाटस लेख्दै उनले म ठगिए पनि नेपाली जनता नठगिउन् भनेर उल्लेख गरेकी थिइन।
लमजुङको दुराडाँडामा जन्मिएकी दुरा कुनै समयकी नम्बर एक लोकदोहोरी गायिका हुन्। छुट्यो मायाजाल, माझीदाइ पोखरा, जम्मु कश्मीरमा, हङकङ आईडीले, खैरेनीमा गेट, वनको काफल वनकै चरीलाई, यो दाजुको मिर्मिरे आँखा, पानसमा बत्ती बालेको, दमौलीमा गेट उनका चर्चित गीत हुन्।
अन्तमा यो पनि…