Dhurmus met Deputy Prime Minister Pokharel

धुर्मुसले भेटे उप-प्रधानमन्त्री पोखरेल र निकै भाबुक भएर सहयोगको आग्रह गरे

National News News

The Mirror Desk

चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकट रंगशाला बनाइरहेका कलाकार धुर्मुसले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेर सरकारको सहयोगको आबास्यक परेको बताएका छन।

भेटका क्रममा धुर्मुसले आफू राज्यलाई सघाउने अभियन्ता भएको र क्रिकेट रंगशाला पनि सरकारको समृद्धिको कार्यक्रमकै एउटा पाटो भएको स्पस्ट पारे।

भेटका क्रममा धुर्मुस निकै भावुक भएका थिए। उनले भने, ‘म त टुहुरोजस्तो अनुभूत गरिरहेको थिएँ, बल्ल-बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, हामीेले निकै पीडा भोग्यौं, हामी श्रीमान- श्रीमती धेरैपटक रोएका छौँ’।

भेटमा उपप्रधानमन्त्री पोखरेलले भने, ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ, हामीले सकेको सहयोग गर्नुछौ’।

अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको धुर्मुसले बताएका थिए।

पैसाको कमि नभए ६ महिनादेखि एक वर्षसम्ममा रंगशाला तयार हुने उनले विश्वास व्यक्त गरेका थिए।

[ref-12-khari]

Why Did Dhurmus Cry ???

Watch This Video

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *