काठमाडौँ। २३ वर्षीया सुन्दरी नम्रता श्रेष्ठले यस वर्षको मिस नेपालको उपाधि हात परेकी छन्। हिजो राजधानीमा सम्पन्न भएको ग्रान्डफिनालेमा २० जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि हात पर्न सफल भएकी हुन्। किन्डरगार्डेन टिचर समेत रहेकी उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। यसै गरी मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन्।
सो कार्यक्रममा सज्जा चौलागाईंले आफ्नो गायन प्रस्तुत गरेकी थिईन। निर्णायकहरुमा शिक्षित भट्ट, टुलिका अग्रवाल, करण वैध, मिस नेपाल २०१७ निकिता चाण्डक, डा.पुकार मल्ल, डा.राज राणा, प्रिती सिटौला, सुमन शाक्य, अभिनेत्री स्वस्तिमा खड्का, हेलिकप्टर क्याप्टेन प्रिया अधिकारीलगायत थिए। नम्रतालाई क्राउन मिस नेपाल अनुष्काले लगाइ दिएकी थिईन। हामी उनको आगामी दिनहरुमा सफलताको शुभकामना दिन चाहान्छौ।हेर्नुहोस केहि फोटोहरु।






ref-kantipuir
really beautiful lady, good luck for further step. proud of Nepal. best of luck for wold tour
Very beautiful ladies proud of Nepal. Best wishes for your journey to the world