‘नयाँ क्रान्ति कसरी सुरु गर्ने भन्ने बारे सोचिरहेको छु’:-प्रचण्ड

National News News

The Mirror Desk,

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि नयाँ क्रान्ति र आन्दोलन अगाडि बढाइने बताएका छन्। उनले नयाँ अभियानका साथ अगाडि जाने जमर्को गरिरहेको उनले बताए।

सुर्खेतमा भएको महिला भेलामा प्रचण्डले भने, ‘म केन्द्रीय समिति बैठकको तयारीमा छु, एउटा नयाँ दस्तावेज लेख्नका लागि आन्दोलन र नीति, योजना र कार्यक्रम बनाउनका लागि तपाईंहरूले ऊर्जा मलाई दिनुभएको छ, यो ऊर्जा लिएर म काठमाडौं जाँदैछु र क्रान्तिको दस्तावेज तयार पार्दैछु’।

उनले थपे, ‘बाँकी जीवन जनताका लागि अन्तिम साससम्म लड्ने भनेर मैले घोषणा गरेको छु, प्रतिक्रान्तितिर जाने हो भने त्यसविरूद्ध क्रान्तिको झण्डा उठ्ने छ’।

उनले भने, ‘हिजो हामीलाई मारेरै सक्न खोजियो। नेताका टाउकाका मूल्य तोकियो। उनीहरुले हाम्रो आन्दोलन सिध्याउन खोजे र सिध्धिएन’।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *