Popular leader of new generation Ujwal Thapa passes away

नयाँ पुस्ताका लोकप्रिय नेता उज्वल थापाको निधन, युवा पुस्ता शोकमा

National News News

The Mirror Desk

कोरोना भाइरसको संक्रमणबाट विवेकशील साझा पार्टीका संस्थापक नेता उज्वल थापाको निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन उनको निधन भएको हो।

सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य स्थितिमा परिवर्तन आउन नसकेपछि उनको निधन भएको अस्पतालले जनाएको छ।

संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो प्राविधिबाट उपचार गरिएको थियो।

मेडिसिटी अस्पतालले भनेको छ, ‘चिकित्सकहरुको अथक प्रयास र सबैको शुभेच्छाका बाबजुद उहाँको शारिरीक अवस्था सुुदृढ हुन सकेन, मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगत गराउँदछौ’।

नेपालमा वैकल्पिक राजनीतिको वकाल गर्ने थापा पेशाले सूचना प्रविधि क्षेत्रका उद्यमी हुन्। उनकै अगुवाईमा अभियानका रुपमा सुरु भएको विकेकशील नेपाली पछि निर्वाचन आयोगमा दर्ता भई निर्वाचनमा सहभागी भएको थियो।

[ref-online khabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *