E.SHARMA,
काठमाडौँ, साढे तीन वर्षपछि साउदीको साउदी एयरलाइन्स कतारको दोहामा अवतरण हुँदैछ। यससँगै कतारमा खाडी क्षेत्रका चार मुलुकले लगाएको प्रतिबन्ध विधिवतरुपमा अन्त्य हुनेछ। सन् २०१७ मा साउदी अरब, यूएई, बहराइन र इजिप्टले कतारसँगको हवाई, स्थल र समुद्री बाटोमा नाकाबन्दी लगाउने निर्णय गरेका थिए। त्यसयता ती मुलुकले निरन्तर कतारमाथि प्रतिबन्ध लगाउँदै आएका थिए जुन गत साता भएको सम्झौतापछि हटाउने निर्णय गरिएको छ।
प्रतिबन्धको कारण:-
कतार माथि प्रतिबन्द लगाउन उनीहरुले १३ ओटा शर्त राखेका थिए तर प्रमुख तिन वटा शर्त यी हुन
१) अलजजिराको न्युज च्यानलमा प्रतिबन्ध लगाउनुपर्ने।
२) इरानसँग आवश्यकताभन्दा धेरै सम्बन्ध विस्तार गर्न नहुने।
३) कुनै पनि आतंकवादी संगठनको समर्थन गर्न छाड्नुपर्ने।
तर कतारले १३ मध्ये एउटा शर्त पनि पूरा गरेन किनकि तेल तथा ग्यासको धनी मुलुकले उनीहरु बिना पनि आफु बाच्न र अझै पनि सक्तिशाली हुन सकिन्छ भन्ने आत्माबिस्वास थियो।

नाकाबन्दीको साढे तीन वर्षको अवधिमा कतारलाई टर्कीले सबैभन्दा धेरै सहयोग गर्यो। प्रतिबन्धभन्दा पहिला नै कतारको टर्कीप्रतिको सम्बन्ध निकै राम्रो देखिएको थियो। सन् २०१६ मा नै कतारले टर्कीलाई अस्थायीरुपमा सैन्य क्याम्प स्थापनाको लागि अनुमति दिएको थियो तर कतारको यो कदमले उनीहरु कतारप्रति निकै क्रुद्ध भएका थिए।
कतारले निकै राम्रो तरिकाले यो संकटको सामना गरेको बताउँछन् बिस्लेशकहरु। नाकाबन्दी सुरु भएको केहि महिनामानै कतारले सात अर्ब ४० करोड डलरको ‘डिप वाटर हमाद’ बन्दरगाह सञ्चालनमा ल्यायो जसले अरु मुलुकसंग सम्बन्ध राम्रो बनायो र आफ्ना नागरिकलाई केहि कुराको पनि कमी हुन दिएन। यसरी मुलुक झन् झन् आत्मनिर्भर र शक्तिशाली हुदै गयो। त्यसपछि उसले टर्की र इरानको बाटो हुँदै ठुलो मात्रामा खाद्यान्नको ब्यबस्था मिलायो र दुधको लागी हजारौ गाई निर्यात गर्यो। पछिल्लो समयमा कतारले अमेरिका र जर्मनीलगायतका मुलुकसँग आर्थिक सम्बन्ध निकै राम्रो बनेको छ भने बिश्वका बिकसित देशहरुबाट वैदेशिक लगानी भित्र्याउन निकै ठुला ठुला योजनाहरु पनि बनाइरहेको छ।

कतारले यो नाकाबन्दीलाई भने आफ्नो क्षमतावृद्धिको अवसरको रुपमा लियो र राम्रै तरिकाले प्रतिरोध गर्यो र संसारलाई अचम्मित पारेर देखायो। पछि उनीहरुलाई राम्रो शिक्षा पनि दियो। नाकाबन्दीको सामना गरिरहेकै बेलामा कतारले अमेरिकादेखि टर्की, इजरायल, इरान, फ्रान्स, बेल्जियम र सम्भव भएका मुलुकबाट निकै ठुलो मात्रामा हतियार पनि खरिद गरेको थियो। साउदी र यूएईका सम्पूर्ण बैंकहरु मिलेर कतारको मुद्रा कमजोर पार्ने निकै प्रयास गरे तर, त्यो सम्भव भएन, अलजजिरा च्यानलक करिब ३० जना पत्रकारहरुको अकाउन्ट पनि ह्याक गरियो तर त्यो पनि सम्भव भएन। अहिले कतार पहिलाको भन्दा धेरै शक्तिशाली बनी उदाएर ति मुलुकहरुलाई लाजमर्दो बनाएरै छाड्यो।

यसरी ति मुलुकहरुले अब कतारलाई प्रतिबन्द लगाउनुको कुनै पनि अर्थ नहुने निस्कर्ष निकाली सो को अन्त गर्ने निर्णय गरेका छन। यसमा अब अमेरिकामा भएको सत्ता परिवर्तन पनि एक हुन सक्छ। कुबेतको लामो समयको प्रयासले सार्थकता पाएको पनि नहोला भन्न सकिन्न। अन्तत कतारले जितेको छ र प्रतिबन्द लगाउने मुलुकले हारेका छन भनेर भन्न कुनै अफ्ठ्यारो मान्नु पर्दैन। सलाम छ कतारको सरकारलाई जसले कठिन समयमा पनि मुलुकलाई सहि दिसातिर डोर्याउन सफल भयो अनि ति जनता जसले सत्रुको सामना गरे अनि आफ्नो लिडरलाइ विश्वास गरे त सधै साथ् दिए।
[ref-int medias]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020