‘नामिबियाविरुद्ध सन्दीपको नयाँ कीर्तिमान’

Cricket Sports

The Mirror

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अहिले नामिबियाविरुद्ध खेलिरहेको छ। यो समाचार तयार पार्दा खेल भईरहेको छ।

नेपाल–नामिबियाबीचको खेल स्कटल्याण्डको एयरस्थित कम्बसदुन न्यू ग्राउन्डमा भइरहेको हो। टस हारेर बलिङको निम्तो पाएको नेपालले ३५ ओभरको खेल सकिँदा नामिबियाको महत्वपूर्ण ६ विकेट लिएर १४४ रन दिएको छ।

नेपाललाई छैटौं सफलता कप्तान सन्दीप लामिछानेले दिलाए। उनले आफ्नो छैटौं ओभरको अन्तिम बलमा जेजे स्मितलाई १७ रनमा आउट गरे। सन्दीपले ६ ओभरमा २० रन दिएर महत्वपूर्ण ३ विकेट लिएका छन। यो सँगै उनले इतिहास रचेका छन्।

सन्दीपले नेपालको तर्फबाट एकदिवसीयमा ६० विकेट पूरा गर्ने बलर बन्दै इतिहास रचेका हुन। उनले २७* म्याचमा ६१ विकेट लिएका छन। सन्दीप नेपालको तर्फबाट वानडे र टी–२० सर्वाधिक विकेट लिने बलर हुन्।

नामिबियाविरुद्ध पाँचौं विकेट दीपेन्द्रसिंह ऐरीले लिए। उनले नामिबियाका कप्तान गेरहार्ड इरास्मसलाई २२ रनमा आउट गरे।

तेस्रो सफलता कप्तान सन्दीप लामिछानेले दिलाए। उनले १४.१ ओभरमा विकेटकिपर जान ग्रीनलाई ३ रनमा आउट गरे।

११ बलको सामना गरेका उनी तीन रनमा स्टम्पिङ आउट भए।सन्दीपले आफ्नो पहिलो ओभरको चौथो बलमा महत्वपूर्ण विकेट लिए। उनले दिवान ला ककको विकेट लिए।

कक आक्रामक ब्याटिङ गरिरहेका थिए। उनले ३२ बलमा सात चौकासहित ४१ रनको शानदार पारी खेले। अर्धशतक बनाउन चुकेका ककलाई सन्दीप एल्बीडब्लूमा पारे।

त्यसअघि पहिलो सफलता करण केसीले दिलाए। उनले ६.३ ओभरमा लोह्यान्ड्रे लरेन्सलाई आउट गरे। २३ बलको सामना गरेका लरेन्स १८ बलमा आउट भए।

खेलको नतिजा केहि समयपछि आउने छ।

[ref-sudurkhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *