The Mirror Desk,
काठमाडौँ, नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ का अध्यक्ष अरुण प्रधानले नायक पल शाहले लिखितरुपमा माफी माग्नु पर्ने बताएका छन्। पल साहका मेनेजरबाट कुटिएपछि उनले उक्त कुरा बताएका हुन्।
अरुण प्रधानले भने, ‘मबाट कुनै गल्ती भएको छैन, पल शाहका मेनेजरले खाना खाइरहेको बेला एक्कासी आक्रमण गरे, सामान्य बिषयमा विवाद भयो, फेरि कुरा मिलिसकेपछि उनीहरुले धरानकै भाईहरु बोलाए, त्यसपछि मेनेजरले एक्कासी मलाई आक्रमण गरे, प्रहरीमा उजुरी दिएको छुँ, लिखितरुपमा माफी माग्नुपर्छ नत्र कानुनी रुपमा अघि बढ्छु, पल शाहको फिल्म प्रदेशमा प्रतिबन्ध लगाउछौ’।
उनका अनुसार नायक पल शाहका मेनेजर कृष्णप्रसाद जोशीले आफुलाई एक्कासी आक्रमण गरेको सिसिटिभी फुटेज प्रमाणको रुपमा प्रहरीले लगेको पनि बताए। उक्त फुटेज हेरेर नै को दोषी हो भन्ने प्रष्ट हुने पनि प्रधानले जानकारी दिए। घटनाको भोलीपल्ट बिहिबार प्रधानले अभिनेता शाह र उनको मेनेजर जोशीविरुद्ध ईलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका थिए। शाहको सुटिङ आज सकिने र दिउँसो ४ बजे छलफल हुने प्रहरीले जनाएको छ। सिसिटिभि फुटेज ल्याएका छौ, अनुसन्धानको क्रममा नै छ,’डिएसपी ज्ञानेन्द्र बस्नेतले भने।
हिजो मात्र आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नायक पल शाह विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए।

[ref-nagarik]
अन्तमा यो पनि हेर्नुहोस है…
माओबादी युद्धमा अल काइदले ठुला ठुला हतियार र ट्रेनिङ्ग दिने गरेको खुलासा…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020