miruna magar

‘नायिकाविरुद्ध व्यापक प्रदर्शन, फिल्म बन्द र बहिष्कार गर्ने चेतावनी’

Entertainment National News News

The Mirror

नेपाली फिल्म ‘कबड्डी-४’ की नायिका मिरुना मगर विरुद्ध व्यापक प्रदर्शन सुरु भएको छ।

चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै उनि विरुद्ध व्यापक प्रदर्शन सुरु गरेका छन्।

उनीहरूले चलचित्र ‘कबड्डी-४’ को पोस्टरसमेत जलाएका थिए। मिरुनाले आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै एकजना बौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेकी थिइन्। उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै ति बौद्ध भिक्षु प्रहरीको जिम्मा लगाईन।

प्रहरी हिरासतमा रहेका लामालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ। विना कारण भिक्षुलाई फसाएको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन्। उनलाई छुटाउने विषयमा प्रहरीसँग विभिन्न संघसंस्थाले छलफल गरिरहेका छन्।

यता चलचित्रका निर्देशक रामबाबु गुरूङले घटनाबारे बुझ्ने काम भइरहेको बताएका छन्।

निर्देशक गुरूङले भने, ‘‘तपाईहरूबाट नै मैले पनि थाहा पाएको छु, नायिकासँग सम्पर्क भएको छैन, यस विषयमा दुवै पक्षको कुरा सुनेर मात्र हामी अगाडि बढ्छौं’।

फिल्मविरुद्ध नै प्रदर्शन चर्किने संकेत पाएपछि मंगलबार बिहान ‘कबड्डी ४’का निर्माता र निर्देशकले बौद्ध गुम्बाका केही लामा अगुवासँग वार्ता गरेको जनाइएको छ ।

प्रदर्शनकारीहरूले यदि नायिकाले सार्बजनिक रुपमा माफि नमागी उक्त फिल्म बन्द गर्ने रे उनका अरु सम्पूर्ण फिल्महरु बहिस्कार गर्ने चेतावनी दिएका छन्।

अहिले युवकलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएपछि चावहिलस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म ‘कबड्डी ४’को प्रदर्शन रोकेको छ ।

एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो। हल प्रशासनका अनुसार स्थिति सामान्य बनेपछि मात्रै फिल्म प्रदर्शन हुनेछ।

[ref-tvannapurna]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *