नासाको अन्तरिक्ष यान ४७ करोड २० लाख किलोमिटर दूरी पार गरेर मंगल सतहमा [तस्बिर सहित]

International News News Science & Technology

The Mirror Desk,

काठमाडौँ, अमेरिकी अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ। नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए।

हामीले गर्‍यौँ, हामी त्यहाँ पुग्यौँ, उनीहरू खुसी हुँदै नासाका वैज्ञानिकहरू चिच्याइरहेका थिए। त्यसको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो।

यो यान १२ हजार किलोमिटर प्रतिघन्टाको गतिमा मंगल ग्रहतर्फ गएको थियो। यो सन् १९७०को दशकको भाइकीङ् मिसनपछि मङ्गल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ।

२.७ अर्ब डलर खर्च भएको दुई वर्ष लामो यो अभियानको मुख्य उद्देश्य रातो ग्रह भनेर पनि चिनिने मंगल ग्रहमा जीवनको अवशेष खोज्नु हो। आफूसँग एउटा सानो हेलिकप्टर पनि लिएर गएको छ। आफैं चार्ज भएर त्यो हेलिकप्टर मंगल ग्रहमा उड्ने छ। एक ग्रहबाट अर्को ग्रहमा उडाइएको यो पहिलो उडान हुनेछ। यदि उडान सफल भयो भने १.८ किलोग्रामको उक्त हेलिकप्टरले मंगल ग्रहको हवाइ अवलोकन गर्नेछ।

अर्बौँ वर्ष अघि मङ्गल ग्रहको जेजेरो भनिने स्थानमा एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ।पर्सिभिअरन्स रोभर जेजेरो क्रेटरमा नै अवतरण गरेको हो। हालसम्म मङ्गल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्।अमेरिकी प्रयास एकपटक मात्रै सन् १९९९ मा विफल भएको छ।

पर्सिभिअरन्समा राखिएको इन्जेन्युइटी नाम दिइएको हेलिकप्टरलाई भोलिबाट चलाइने वरिष्ठ वैज्ञानिक तथा हेलिकप्टर परियोजनाकी संयोजक मीमी अङ्गले बताइन। आगामी ३० दिनमा पाँच वटा उडान भर्ने मिशन तय गरिएको र त्यसले सम्भवतः मङ्गल ग्रहको सतहको उच्च गुणस्तरको तस्बिर उपलब्ध गराउने ठानिएको छ। एउटा ग्रहमा बसेर अर्कोमा उडान गरिने यो पहिलो फ्लाइट हो।

[ref-bbc]

हेर्नुहोस सम्बन्धित केहि फोटोहरु

यानले पठाएको पहिलो तस्बिर
रोभर व्यवस्थापन टोली

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *