The Mirror Desk,
काठमाडौँ, मंगलबार विज्ञप्ती निकालेर निर्बाचन आयोगले गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रको हकमा अर्को नयाँ नाम र चिन्ह र सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको हकमा नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्न भनेको छ।
केही दिन अगाडि मात्रै सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेसँग पूर्व एमाले र पूर्व नेकपा माओवादी केन्द्र ब्युँतिएका थिए। सोही कारण आयोगले यसअघि दर्ता भएका किराँती नेतृत्वको नेकपा माओबादी केन्द्र र तिवारी नेतृत्वको नेकपा एमालेको नाम सुधार गर्न भनेको हो।
विज्ञप्तीमा भनिए अनुसार दल दर्ता नम्बर १६० मा दर्ता गरिएको सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम मात्रै सुधार गर्न भनिएको छ । तर, दल दर्ता नम्बर १५३ मा दर्ता भएको गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रको हकमा भने नयाँ नाम र चिन्ह दुवै सुधार गर्न भनिएको छ।

[ref-news24]
अन्तमा यो पनि हेर्नुहोस है…
बिप्लबले किन क्रान्ति सुरु गरेका रहेछन…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons