The Mirror Desk,
काठमाडौँ, अहिले प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतमा बहस चलिरहेको छ। यसैक्रममा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जवराले निर्वाचन आयोगले आफ्नो काम अगाडि बढाउन सर्वोच्च अदालतको निर्णयलाई कुर्नुनपर्ने बताएका छन्।
मंगलबार बहस गर्दै नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले विघटनसम्बन्धी मुद्वा चाँडो नटुङ्गाउनु पर्ने बताएका थिए। उनले यदि यो कार्य ढिला भएमा निर्वाचन आयोगले घोषित मितिमा चुनाव गराउन नसक्ने भन्दै आफ्नो धारणा राखेका थिए।
घिमिरेलेको प्रसङ्गमा प्रधानन्यायाधीसले भने, ‘आफ्नो काम गर्दा निर्वाचन आयोगले सर्वोच्च अदालतलाई हेर्नु पर्दैन, ‘त्यो बेग्लै इस्वु हो नि, उसको काममा हामीले किन हेर्ने ? संवैधानिक अंग हो उ, उसको काम, उसको कर्तव्य उसंग छ, हाम्रो काम, हाम्रो कर्तव्य हामीसंग छ, उसले हामीलाई हेनुपर्ने छैन्, हामीले उल्लाई हेर्नुपर्ने छैन्, प्रधानन्यायाधीश जबराले भने, ‘हेरेर कुरेर बस्छ भने गल्ति उसैको होला नि त, सर्वोच्चले फैसला नगरेर चुनाव गर्न नपाउने भन्ने हुन्छ र ?’।
[ref-sunaulonepal]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon