Gagan thapa

‘निर्वाचन हो हार्नु परे हारौंला, कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा छैनन्’:- गगन थापा

National News News

The Mirror

काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेस कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा कांग्रेसले हार्नुपरे हारौंला तर गठबन्धन गरेर जान नहुने बताएका छन।

उक्त कार्यक्रमा बोल्दै थापाले कांग्रेस र मतदाता कोही पनि तालमेलको पक्षमा नरहेको दाबी गरेका हुन।

उनले निर्वाचनमा हारजित स्वाभाविक भएको बताउँदै कांग्रेस पार्टीको कोही पनि नेता कार्यकर्ता तालमेलको पक्षमा नभएको स्पष्ट पारे।

उनले स्पस्ट शब्दमा भने, ‘५० भन्दा बढी जिल्लाका नेता-कार्यकर्तासँग सम्पर्कमा छु, देशैभरीका नेता कार्यकर्ता तालमेलको पक्षमा छैनन्, पार्टीका साथी, नेता कार्यकर्ता, शुभेच्छुक, मतदाता कांग्रेसलाई भोट दिने पनि तालमेलका पक्षमा देखिएका छैनन्, कार्यकर्ता, मतदाताको मनोविज्ञान निर्वाचनमा हार्नुपरे हारिएला, राजनीति भनेको विचारसँग जोडिएको विषय हो’।

उनले भने, ‘निर्वाचन पछाडि आफ्नो बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हो, तर निर्वाचनभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा चाहिँ हाम्रो लागि स्वाभाविक कुरा होइन, पार्टीका साथीहरुले पनि यहि भनिरहनु भएको छ’।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *