नेकपा दुई टुक्रा, ओलीले प्रचण्डलाई र प्रचण्डले ओलीलाई अध्यक्षबाट हटाउन सक्ने सम्भाबना

National News

काठमाडौँ, तनाबका बीच ओली समूह र प्रचण्ड-नेपाल समुहले छुटा-छुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन र जसले पार्टी फुटलाई औपचारिकता दिनेछ। यो बैठक बोलाउनुको कारण एक अध्यक्षले अर्को अध्यक्षलाइ पदबाट हटाउने अपेक्ष्या गरिएको छ। यदि दुवै पक्ष्यले बैठक रोकेनन र कारबाहीको निर्णयमा गए भने पार्टी फुट्ने निश्चित प्राय छ। यदि यस्तो निर्णय भयो भने दाहाल पक्षले नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने छ।

उता पार्टी एकता टुंगिन नपाउँदै प्रचण्डले एकता भंग गरेको अभियोगसहित निर्वाचन आयोगलाई जानकारी गराउने तयारी ओली पक्षको रहेको छ। प्रधानमन्त्री ओलीले बालुवाटारमै बैठक बोलाएका छन भने ”प्रचण्ड-नेपाल” समुहले कार्की पार्टी प्यालेसमा बैठक बोलाएका छन्। यदि दुवै समुहले केन्द्रीय समितिको बैठक नरोकी एक-अर्का लाई कारबाही गरेको घोषणा गरे भने पार्टी औपचारिक रुपमै विभाजन हुनेछ। पार्टीको केन्द्रीय कार्यालयमा दुई जना सचिव छन्, ईश्वरी रिजाल र श्रीराम ढकाल। दुवै जना केन्द्रीय सदस्य पनि हुन् । पूर्वएमालेका रिजाल नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् भने ढकाल अर्का अध्यक्ष दाहाल निकटस्थ हुन् । तर दुवैले छुटा छुट्टै ठाउमा र फरक समयमा पार्टी केन्द्रीय समितिको बैठकमा आउनु भनि छुट्टाछुट्टै ‘म्यासेज’ प्राप्त गरे।

[ref-mediadabali]

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *