K.SHARMA,
काठमाडौँ, ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको एकीकृत पार्टीलाई दिएको भन्दै सर्वोच्च अदालतमा हालेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सो नाम ऋषि कट्टेललाई नै दिएको छ भने ओली र प्रचण्ड नेतृत्वमा रहेको नेकपाको दुवै समूहलाइ खारेज गरेको छ।
यदि अब पूर्व एमाले र माओवादी ब्युँतिए भने अब ती दलको सांसद पनि पुरानै अवस्थामा रहने देखिएको छ। एमालेको १२१ प्रतिनिधि सभा सदस्य छन्। माओवादी केन्द्रको जम्मा ५३ प्रतिनिधि सभा सदस्य छन्। दुवै पार्टी एकीकरण भएर १७४ सिट भएको थियो। ब्युँतिएपछि अवस्था पुरानै अबस्थामा पुग्ने प्रबल सम्भावना छ।
सत्तारुढ दल नेकपा विभाजित भई हाल प्रधानमन्त्री के पी ओली र ‘प्रचण्ड-नेपाल’ समूह गरी दुइ समुहमा विभाजित भएकोमा अब अवस्था झन् जटिल बनेको छ। माधव नेपाल एमालेमा अल्पमतमा परेका छन्। अब उनी ओलीलाई अध्यक्ष मानेर रहनुपर्छ या त पार्टी फुटाएर प्रचण्डसँग जानुपर्छ।
2३ गते सर्वाेच्च अदालतले गरेको नेकपाको आधिकारीक फैसलामा भनिएको छ, ‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परामादेश समेत जारी गरिएको छ’।
दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो।
[ref-Nmedias]
अन्तमा यो पनि…
माओबादी जनयुद्धमा अलकाइदाले हतियार त तालिम दिन्थे…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020