sanjal sharma

‘नेकपा मसाल बाग्लुङ्गका युवा नेता एमालेमा प्रवेश’

National News News

The Mirror

नेकपा (मसाल) बाग्लुङ युवा नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन्।

उनि नेकपा मसालको सहायक संगठन अखिल नेपाल युवक संघको केन्द्रीय सदस्यमा रहेर काम गरिसकेका छन्।

दुइ दशकसम्म मसाल निकट विभिन्न मोर्चामा काम गरिसकेका शर्मालाई बुधबार एमाले महासचिव शंकर पोखरेलले स्वागत गरे।

उनलाई नेकपा एमालेको शक्तिशाली विभाग युवा तथा खेलकुद विभागको सदस्यको जिम्मा दिएको छ।

विभागको केन्द्रीय बैठक चलिरहँदा एमाले महासचिव पोखरेलले शर्मासहित १९ जनालाई सपथ ग्रहण गराएका हुन्।

शपथ ग्रहण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले कम्युनिष्ट विचारधारा राख्नेहरूको केन्द्र भएको बताए।

उनले एमाले नै भविष्यमा युवा परिचालन गर्दै राष्ट्र निर्माणतर्फ अगाडि बढ्ने पनि बताए।

केहि दिन अघि मात्र उनले फेसबुकमा स्टाटस लेख्दै नेकपा मसाल अब क्रान्तिकारी पार्टी नरहेकोले आफुले सो पार्टी परित्याग गरेको जनाएका थिए।

उनको फेसबुकमा स्टाटस

[ref-nepalkhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *