The Mirror Desk,
काठमाडौँ, लिपुलेख, लिम्पियाधुरा र कालपानी सहितको भूभाग समेटिएको नेपालको नक्सा विद्यालयस्तरीय पाठ्यक्रममा औपचारिक रुपमा समावेश भएको छ।
कक्षा ११ र कक्षा ८ को पाठ्यक्रममा उक्त भूभाग समेटिएको नेपालको नयाँ चुच्चे नक्सा समावेश भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए। डा. भट्टराईले फेसबुकमा लेखेका छन्, “लिम्पियाधुरा, लिपुलेख र कालापानी सहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा ११ र कक्षा ८ को पाठ्यक्रममा समावेश भएको छ”।

भारतले मिचेको भूभाग सहितको नयाँ चुच्चे नक्सा संसदबाट पारित भएपनि नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण भएको थिएन। अहिले सोही नक्सा पाठ्यक्रममा समावेश गरिएको हो। यो निकै ठुलो उपलब्धि हो र सबै जनताले यसको स्वागत गर्ने छन्।
[ref-khabarbani]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020