surendra pandey

‘नेपालजी एमालेमै फर्किनुस् ,हामी तपाईलाई क्षमादान दिन्छौ’

Breaking News National News News

The Mirror Desk

पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको बताएका छन्।

उनले स्पस्ट रुपमा भने, ‘पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको थियो तर नेपाल समूह पार्टी छाडेर गयो, केही सुखद केही दुःखद् स्थितिमा हामी छौं, पार्टीलाई एकतावद्ध बनाउने टिममा म पनि थिएँ, अन्तिमसम्म पनि नजानुस्, यहीं बस्नुस् पार्टी हाम्रो घर हो भन्यौं तर मान्नु भएन’

बाटोमा लाग्यो, त्यसैले गल्ती त गरिसक्नुभयो, पार्टी हो फर्कनुस्, क्षमदान गर्छौं’ पाण्डेले भने

पार्टी मिलाउन १० सदस्यीय कार्यदलले निकै दुःख गरेको र भित्री बाहिरी धेरै छलफल भएको पाण्डेको भनाइ छ। साउनको पहिलो हप्ता पार्टी मिल्यो भन्ने स्थितिमा पुगेको तर फेरि भाँडिदै पार्टी विभाजन भएर जाने अवस्थामा पुगेको उनले बताए।

‘नेपाल समूह पार्टी विभाजन गरी नोक्सानको नेकपा एमाले छिन्नभिन्न पार्ने बीचमा माओवादीलाई ल्याएर प्रयास भएको र त्यो अहिले असफल भएको पाण्डेको भनाइ थियो। एमाले कुनै पनि हालतमा छिन्नभिन्न नहुने उनको भनाइ थियो।

{ref-onlinekhabar}

एमसीसी किन राष्ट्रघाती छ? लिलामणि पोखरेलको यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *