‘नेपालमा बनेको नेपाली रकेट ‘गरुडा’ दुइ सय मिटर अपलिफ्ट भएर खस्यो’

Science & Technology

The Mirror Desk,

काठमाडौँ, नेपाली विद्यार्थीहरुले नेपालमै बनाएको नेपाली रकेट ‘गरुडा’ धनुषाको भिमानमा करिब दुइ सय मिटर ‘अपलिफ्ट’ भएर खसेको छ। इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको जनाइएको छ।

उडान पछि मुख्य इन्जिनियर अथवा ‘गरुडा’ का मुख्य निर्माणकर्ता मोहन तामाङले भने, ‘लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन सकेन, लन्च प्याड अलिक धेरै दह्रो भएर हाम्रो रकेटलाई बढी फ्रिक्सन भयो, मोटरमा फ्युल बर्न पनि राम्रोसँग हुन पाएन जसका कारण रकेट जुन गतिमा जानुपर्थ्यो जान सकेन र हावाका कारणले फर्कियो जमिनमै फर्कियो’।

१० मिटर उचाइको गरुडामा ‘पोटासियम नाइट्रेट र सुगर’ इन्धनको रुपमा प्रयोग गरिएको थियो। यो रकेटमा सोलिड प्रोपलेन्ट फ्युल प्रयोग गरिएको थियो।

मुख्य इन्जिनियर अथवा प्रोजेक्टका मुख्य निर्माणकर्ता मोहन तामाङले भने, ‘अबको एक महिनापछि दोस्रो परीक्षण गर्नेछौ, हामीले हरेस खाएका छैनौं र हरेश खाएर पनि हुँदैन, अबको एक महिनाभित्र अहिलेका समस्याहरुलाई समाधान गरेर फेरि लन्च गर्नेछौं र सफल भएरै छाड्ने छौ’।

प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रोजेक्टलाई सेनाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। थापाले आंशिक रुपमा सफल भएको र यसलाई आफुले धेरै राम्रो मानेको बताए। यसै बीच राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुनले इनोभेसन सेन्टरको तर्फबाट अझ सहयोग हुने बताएका छन्।

[ref-kantipur]

अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस

आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *