नेपालमा बेलायतबाट कोरोना भाइरसको ‘नयाँ स्वरुप’ भित्रिएको अनुमान, सयौ निगरानीमा

National News

The Mirror Desk

काठमाडाैं, अहिले बेलायतमा पुरानो कोरोन भाइरस को ‘नयाँ स्वरूप’ ले निकै ठुलो आतंक मच्चाईरहेको छ। साउथ अफ्रिका बाट आएको अनुमान गरिएको सो नयाँ स्वरुपको कारण बेलायतले पुरै कडा लक् डाउन को सामना गरिरहेको छ। क्रिसमसको भोलिपल्ट बाट त्यहाँ करिब साढे २ करोड थप मानिसहरु ले निकै कडा थप प्रतिबन्दहरु सामना गरी ‘स्टे एट होम’ अडर पालन गरिरहेका छन्। उक्त नयाँ स्वरुपलाई ‘न्यु भेरिअण्ट’ नामाकरण गरिएको छ।

यसै क्रममा त्यो भाइरस दस देशहरुमा फैलिसकेको पुस्टि भएको छ। नेपालमा पनि त्यो आउन सक्ने अनुमान गरी उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना मानिसहरु निगरानीमा परेका छन् भने १४ जनालाइ क्वारेन्टाइनमा रखिएको छ।

ति मानिसहरुको स्वाब संकलन गरी उक्त भाइरस प्रवेश भए/नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए। उनले बेलायतबाट सिधा र अन्य मुलुकबाट त्यहाँ ट्रान्जिट हुँदै आउने नागरिकलाई निगरानीमा राखिएको उनले बताए। नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडानहरुलाई नेपालमा प्रतिबन्ध लगाइएको छ।

स्वास्थ मन्त्रालयले पुसको पहिलो सातादेखि बेलायतबाट आएका नागरिकले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र प्रयोगशालामा स्वाब परीक्षण गर्नुपर्ने भन्दै सुचना जारी गरको थियो। बेलायतमा असोजमै पहिलो पटक नयाँ भाइरस देखापरेको थियो।

[ref-news24]

हामीलाई भर्खर प्राप्त समाचार

“विश्व स्वास्थ्य संगठनका अनुसार युरोपका ८ वटा देशका साथै जापान तथा अस्ट्रेलियामा कोरोन भाइरसको ‘नयाँ स्वरूप’ को संक्रमण पुष्टि भएको छ”

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *