नेपालमा रेल सेवामा विस्तार र लगानी गर्न रसिया तयार

National News News Science & Technology

The Mirror Desk,

काठमाडौँ, नेपालमा रेल सेवा विस्तार गर्न रसिया सकारात्मक देखिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाली राजदूत एलेक्सी नोभिकोभले सोमबार गरेको भेटमा रेल सेवा विस्तार गर्न रसिया इच्छुक रहेको बताएका थिए। रसियन रेलवेका तर्फबाट आशयपत्रसमेत बुझाइएको मन्त्रीका प्रेस संयोजक सन्दीप राईले जानकारी दिए ।

प्रविधि र दक्ष जनशक्तिका साथै लगानी अभाव भएको भन्दै मेट्रो रेलको रेखांकन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) समेत तयार भइसकेको र उक्त दस्ताबेज रसियन पक्षलाई उपलब्ध गराउन तयार रहेको मन्त्री नेम्वाङले बताए। रसिया र विश्वका विभिन्न मुलुकमा रेलसम्बन्धी रसियन टेक्नोलोजी उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालका लागि पनि यो काम कोसेढुंगा हुने रसियन प्रतिनिधिमण्डलले उल्लेख गरेको छ। पहाडी इलाकामा रसियन रेलवे टेक्नोलोजी जापानले अपनाएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले नेपाललाई समेत प्रविधि हस्तान्तरण गर्न तयार रहेको प्रतिक्रिया दिएको छ।[यो समाचार कान्तिपुरमा छापिएको छ]

र अन्तमा यो भिडियो पनि हेर्नुहोस है

नेताहरुले आफुसंग २० करोड घुस मागेको दुर्गा प्रसाइको गम्भीर आरोप…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *