fuel in nepal

नेपालमै इन्धन उत्पादनको तयारी तिब्र

Business National News News

The Mirror

नेपालमा आफ्नै इन्धन उत्पादन हुने भएको छ। यहाँ हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको समाचारमा जनाइएको छ।

दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो।

सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक फ्रेङ्क रिजस्बेर्मन र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको सम्झौतामा जीजीजीआईले इन्धन उत्पादनका लागि आवश्यक अध्ययन, कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण र आवश्यक सबै खालका प्राविधिक सहयोग गरिदिने छ।

सम्झौतामा काठमाडौं युनिभर्सिटीलाई पनि संलग्न गराएर नेपालमा हाईड्रोजन फ्यूलको उत्पादन कार्यलाई अघि बढाउने उल्लेख गरिएको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बताए।

काम कहिले बाट, कहाँ र कसरि सुरु गर्ने भन्ने स्पस्ट भैसकेको छैन तर पनि सकेसम्म छिटो हुनु आशा नेपाल बिधुत प्राधिकरणले राखेको छ।

[ref-imagekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *