Even if Nepal is declared a Hindu nation again, it will not be a surprise

‘नेपाललाई पुन: हिन्दू राष्ट्र घोषणा गरेपनि त्यो आश्चार्य हुने छैन’:-देव गुरुङ

National News News

The Mirror Desk

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संसद् विघटन गर्दै निर्वाचन घोषणा गर्नुको पछाडी नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने गम्भीर षड्यन्त्र भएको बताएका छन्।

कार्तिकमा निर्वाचन नहुने दाबी गर्दै गुरुङ भन्छन्, ‘संविधान निष्क्रिय भएको अवस्थामा निर्वाचन हुन हुँदैन। निर्वाचन नभएपछि यो संविधान विफल भयो भन्ने बहाना हुन्छ। त्यसपछि संविधानका अन्तरवस्तुहरूका बारेमा जनमत सङ्ग्रह गरेर मात्रै संविधानलाई क्रियाशील गराउन सकिन्छ भनेर मुलुकलाई जनमत सङ्ग्रहमा लगिँदैछ र त्यो संगै नेपाललाई हिन्दु राज्य घोषणा गर्न सकिन्छ’।

उनले भने, ‘जनमतसंग्रह मार्फत अहिलेको संविधानका अन्तरवस्तुहरु धर्मनिरपेक्षता र संघियता सिध्याउन लागिए छ, हिन्दुराज्य कामय राख्ने कि? धर्मनिरपेक्ष राख्ने कि? सङ्घीयता राख्ने कि नराख्ने के गर्ने भन्ने विषयको तयारी भित्र भित्र भइरहेको छ’।

नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि चुनाबको नाटक गरिएको र संसद भंग गरिएको उनले दाबी गरे।

गुरुङले थपे, ‘अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको इसारामा यिनीहरू नाचिरहेका छन र नेपाल अन्तराष्ट्रिय शक्ति केन्द्रहरूको प्रयोगशाला भइरहेको छ’।

[ref-nepal deep]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *