madhab nepal

नेपालले मतदान गर्दै भने, ‘पैसा र भोज-भतेरको बिगबिगी निकै चल्यो’

National News News

The Mirror

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री माधव नेपालले मतदान गरेका छन।

उनले मतदान गरेपछि चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताए।

उनले चुनावमा पैसा र भोज-भतेरको बिगबिगी निकै भएको बताए। उनले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका छन।

उनले भने, ‘चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेछ, पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन, यो पाराले चल्ने वाला छैन’।

प्रहरी प्रशासनले साँचो अर्थमा न्युट्रल र प्रभावकारी बन्ने हो भन्ने भूमिका महत्वपूर्ण रहेको उनले बताए। उनले भने, ‘यसमा निर्वाचन आयोगको भूमिका महत्वपूर्ण छ तर उसले गर्न सकेन, यो निकै दुखद छ’।

[ref-news24]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *