The Mirror Desk,
लण्डन, पोखरा स्थायी घर भएका ३२ वर्षीया गायक बद्री केसीले बेलायतमा आत्महत्या गरेका छन्। केसी अध्ययनको लागी बेलायत आएका थिए। केही वर्षअघि नेपाल नै बस्ने गरी फर्केका उनी फेरि बेलायत फर्किएका थिए। करिब १५ वर्ष सम्म बेलायतमा बस्दै आएका गायक केसीले शुक्रबार उपराह्न ४ बजे तिर आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई ‘गुडबाई’ लेखेर आफ्नो कामगर्ने ठाउमा रहेको रुखमा झुण्डिको अवस्थामा भेटिएको थियो।

उनी पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गरे अनि पछि लण्डन सरेर लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका थिए। आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालिसकेको छ। केसीको आत्महत्याप्रति बेलायतबासी नेपाली समुदायले निकै दुखित भएको छ।
[ref-londonnepalnews]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020