The Mirror Desk
अमेरिकी आइडलको प्रतिस्पर्धामा पुनः आएका नेपाली युबा दिवेश पोखरेल शीर्ष सातमा पुगेका छन्।
दिवेश प्रतिस्पर्धाको १८ औं संस्करणका उपविजेता भएका थिए।
अमेरिकन आइडलले कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको भन्दै देखाउँदै गत सिजनका १० जनालाई मौका दिने निर्णय गरेको थियो।
आइतबार १० जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा ३ जना बाहिरिएपछि दिवेश उत्कृष्ट ७ मा स्थान बनाउन सफल भएका हुन्।
दिवेशले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै विश्वकै चर्चित रियालिटी शोको मञ्चमा फेरि पनि प्रस्तुति दिन पाउँछु भनेर नसोचेको प्रतिक्रिया दिएका छन्।
दिवेशको प्रस्तुतीहरुलाई निर्णायकहरु लियोनल रिची, केटी पेरी र ब्रायनले खुलेरै प्रशंसा गरेका थिए।
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team