नेपाली सेयर बजारकै अहिलेसम्मकै सबै भन्दा ठूलो आईपीओ खुला

Business

The Mirror Desk,

काठमाडौँ, नेपालको सेयर बजारकै इतिहासमा सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ भर्खरै खुलेको छ। देशको पहिलो पूर्वाधार बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री आजबाट थालेको हो। ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ।

बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन्। यस बैंकको सेयर निष्कासन तथा बिक्री प्रवन्धको जिम्मा एनआईबीएल एस क्यापिटल्सले पाएको छ ।सर्वसाधारणले १० देखि २ करोड कित्तासम्म आवदेन गर्न सक्ने भएका छन्। आवेदन दिन मिल्ने समय छिटोमा ६ माघ तोकिएको छ। उक्त अवधिसम्म तोकिए बराबर आवेदन नपरेमा भने पुनः समय थप हुन्छ। ठूलाे परिमाणामा भएका कारण यो बैंकको साधारण सेयर आइपीओ भर्ने सबैले प्राप्त गर्नेछन्।

नेपालमा डिम्याट खाता खोल्ने सबैले आवेदन दिएको अवस्थामा पनि यसको सेयर पर्ने निश्चित छ। यस बैंकको साधारण सेयर धेरै संख्यामा आवेदन पर्नेमा कीर्तिमान राख्न सक्ने सम्भावना समेत छ। भर्खरै खुलेको चन्द्रागिरि हिल्सको आइपीओ १३ लाख हाराहारीले भरेका छन् । नेपालमा खुलेका सबै डिम्याट खाता होल्डरले आवेदन दिएमा कम्तिमा ३० कित्ता पर्ने निश्चित छ । पछिल्लाे समय डिम्याट खाता खाेल्नेहरूकाे संख्या पनि निकै बढिरहेकाे छ।[यो समाचार आजको onlinekhabar मा छापिएको छ]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *