नेपाल, खनाल र प्रचण्ड बीच नयाँ सरकार बनाउने बारे छलफल

National News News

The Mirror Desk,

काठमाडौँ, कोटेश्वरस्थित एक घरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले नेताहरु झलनाथ खनाल र माधव नेपालसँग भेट गरेका छन्। उक्त भेटमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

नेताहरुबीच भएको सो भेटमा नयाँ सरकार बनाउने सम्भाववानबारे छलफल भएको बताइएको छ। सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका छन्।

एमालेभित्र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले ‘नेपाल-खनाल’ समुहका नेताहरुको जिम्मेवारी खोसेपछि उक्त समूह निकै आक्रोशित बनेका छन्। ओली समूहको निर्णय खारेज गर्नुपर्ने माग राख्दै ‘नेपाल-खनाल’ समुहले निर्वाचन आयोगलाई पत्र समेत लेखेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ नेकपा एमाले नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए।

अन्तमा यो भिडियो पनि हेर्नुहोस है

किसानको पैसा खाने मेयरलाई सम्झनाको चेतावनी

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *