‘नेपाल-खनाल’ समुहको निष्कर्ष, ‘ओलीले पेलेर गए एमाले फुटाउने’

National News News

The Mirror Desk,

काठमाडौँ, बानेश्वरस्थित अर्याल होटलमा बुधबार अपरान्ह भएको केन्द्रीय सदस्यहरूको भेलामा ‘नेपाल-खनाल’ समुहले केही नलागे र आवश्यक पर्दा अन्त्यमा छुट्टिनुपर्ने हुन सक्छ भन्दै त्यसका लागि पनि मानसिकता बनाउन नेताहरूले निर्देशन दिएका छन्।

उक्त भेलामा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय बैठकमा पार्टीको साविककै संरचनालाई यथावत् राख्न केपी ओलीलाई निरन्तर दबाब दिने जनाएको छ। यसो गर्दा पनि ओलीले पेलेर गए भने विद्रोह गर्ने र एमाले फुटाउने सम्मको योजना बनाएको छ।

प्रधानमन्त्रीलाई साथ दिएका पूर्व माओबादी नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, मणि थापालगायतका माओवादी नेताहरूलाई समायोजन गरी पदाधिकारीमा ल्याउने कुरालाई उक्त समूहले स्वीकार नगर्ने भएको छ।

यदी मान्छे टिपेर आफूखुशी ल्याइए त्यसको प्रतिवाद गर्ने र समानान्तर कमिटीको अभ्यास गरिने सो समुहका नेताहरुले बताए। यदि ओलीका कार्यकर्ताले देशव्यापी रूपमा पार्टी कार्यालय कब्जा गरेर पार्टीलाई ‘पेवा’ बनाउन लागेकोले त्यसका विरुद्ध सशक्त प्रतिवाद गर्ने पनि जनाएको छ।

एक नेताले भने, ‘एमाले बनाउने झलनाथ र माधव नेपाल हुन्, केपी होइनन्, हामीलाई हिनताबोध गराउने प्रयास भइरहेको छ’। पार्टी मुख्यालय धुम्बाराहीबाहेकका ठाउँमा बोलाइने बैठक (बालुवाटार) मा सहभागी हुन नहुने पनि जनाएको छ।

सो बैठकमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्यलगायतका नेताहरूले आगामी रणनीतिबारे धारणा राखेका थिए तर योगेश भट्टराई भने बैठक शुरू भएको केहीबेरमै बाहिरिएका थिए।

[ref-Nexpress]

अन्तमा यो पनि हेर्नुहोस है

बिप्लाबले किन क्रान्ति सुरु गरेका रहेछन

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *