All the MPs of 'Nepal-Khanal' group will resign

‘नेपाल-खनाल’ समूहका सबै सांसदहरुले राजीनामा दिने

National News News

The Mirror Desk

सत्तारुढ पार्टी एमाले फुटको नजिक पुगेको छ भने ओलीको सत्तापनि लगभग समाप्त भएको जस्तो देखिन्छ।

पटक पटक भएका वार्ता र सहमतिका प्रयास असफल भएपछी ‘नेपाल-खनाल’ समूहका सबै सांसदहरुले राजीनामा दिने भएका छन।

सो समुहका नेता माधव नेपालले भने, ‘हाम्रो समूहका स्थायी कमिटी सदस्यहरूको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको छ, पार्टीलाई जीवन्त र एकताबद्ध राख्न गरिएको अन्तिम प्रयासमा ओली पक्ष उदासीन भएपछि राजीनामा दिनुको विकल्प रहेन’।

सो समुहको बैठकमा नेताहरूले ओलीको कुनै पनि हालतमा नसच्चिने र उनको जालोमा पर्न नहुने बताएका थिए र त्यसमा सबै सहमत पनि भएका थिए।

एक सहभागीले भने, ‘प्रत्यक्ष निर्वाचित २२ सांसदले मात्रै राजीनामा दिने कुरा उठेको थियो। अरूले ओलीविरुद्ध आफूहरू पनि रहेको र आफूहरूले पनि राजीनामा दिने बताएपछि खनाल–नेपालतर्फका सबै सांसद राजीनामा दिन तयार भएका हुन्’।

अहिले ‘नेपाल-खनाल’ समूहले आफ्नो समूहमा ३५ सांसद रहेको बताइरहेको छ। ओलीले सो समूहका ३० सांसदलाई स्पष्टीकरण सोधेका थिए।

सांसद विरोध खतिवडाले सो समुहका सबै सांसदले राजीनामा बुझाउने तयारी गरेको बताए। उनले भने, ”राजनीतिक घटनाक्रम रातभरिमा के होला, म जान्दिनँ, अहिलेसम्म छलफलका आधारमा हाम्रो समुहका सम्पूर्ण सांसदको भोलि राजीनामा आउँछ’।

[ref-kantipur]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *