Eleven leaders, including Nepal and Khanal, expelled from UML

नेपाल र खनाल सहित ११ नेताहरु एमालेबाट निष्काशित, १२ लाई स्पष्टीकरण सोधियो

National News News

The Mirror Desk

सत्तारुढ पार्टी लगभग विभाजनको संघारमा पुगेको छ। नेपालमा सत्ता र पदको लागि पार्टीहरु विभाजन हुनु कुनै नौलो कुरो नभए पनि देशलाई फाइदा भने हुदैन।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरुलाई पार्टी बाट निष्काशन गरेको छ। यसका साथै अरु १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको जनाइएको छ।

नेपाल खनाल सहित् ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

पार्टीबाट निष्काशनमा पर्नेहरुमा नेताहरु नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्का रहेका छन।

स्थायी कमिटीको निर्णय अनुसार केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका थिए तर ११ जनाले नै उक्त समयभित्र जवाफ नदिएपछि निष्काशनको निर्णय गरेको एमालेले जनाएको छ।

उक्त बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तको समर्थन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने एमालेका थप १२ जनालाई नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको पनि जनाइएको छ।

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता

नेता छविलाल विश्वकर्माले दिएको जानकारी अनुसार उक्त बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। आफ्ना सम्पूर्ण मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन पनि पार्टीले निर्देशन दिएको छ। सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ।

[ref-onlinekhabar]

अन्तमा हिमानी शाहको यो अन्तर्वार्ता पनि हेर्नुहोस

Video – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *