नेपाल र रावल ६ महिनाका लागि एमालेबाट निस्काशन [पत्र सहित]

National News News

The Mirror Desk,

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। उनिहरुलाई पार्टीले सोधेको स्पष्टीकरणको जबाफ चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरिएको हो।

पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ (ख) अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका हुन्।

यसैबीच सच्चिएर आएमा निलम्बनको अवधि घटाउन सकिनेसमेत पत्रमा उल्लेख छ। यद्यपी उनले सच्चीने मौकालाई पार्टीको कमजोरी नठान्न समेत ओलीले चेतावनी दिएका छन्।

हेर्नुहोस कारबाहीको पत्रहरु

[ref-setopati]

बाबुराम भट्टराईले राजतन्त्रको बारेमा के भने…?

हेर्नुहोस यो भिडियो

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *