The Mirror
काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार बालेंन शाहको बारेमा हामी सबैले सुनेका वा देखेका छौ। उनि लगभग मेयर हुने तयारीमा छन।
यसका साथै भर्खरै सम्पन्न र अहिले थोरै मात्र ठाउमा मतगणना भैरहेको स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा अचेल शहरमा लौरोको निकै चर्चा परिचर्चा भैरहेको छ।
तरपनि यहि लौरोको बारेमा हामी धेरैलाई धेरै कुरा थाहा नहुन पनि सक्छ। यसको मतलब हामी आफुलाई चाहिने जति लौरो पनि उत्पादन गर्न सक्दैनौ। यसको लागि हामीले विदेशमै निर्भर गर्नुपरेको कुरा निकै अपत्यारिलो जस्तो लाग्न सक्छ।
पछिल्लो केहि दशकमा देशमा लौरोको आयात निकै ठुलो मात्रामा भएको कुरा सार्बजनिक भएको छ।
हामीले विदेशबाट आयात गर्ने लौरोहरू मध्य प्राय छिमेकि देशहरु चीन र भारतबाट हुने गरेको तथ्य पनि सार्बजनिक भएको छ।
गत आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा हामीले चीन र भारत लगायत बेलायत, अस्ट्रेलिया र यूएईबाट करिब करिब ७३ लाख रुपैयाँ भन्दा बढीको लौरो आयात भएको पाईएको छ।
माथिको डेटालाई हेर्ने हो भने हाम्रो देशमा पनि लौरो उत्पादन गर्ने उद्योगको सम्भावना निकै ठुलो रहेको प्रस्ट पारेको छ ।
तर पनि यसका लागि सरकारी तबरबाट आवश्यक नीतिगगत कानुनहरु तथा नब युबाहरुलाई अनुदानको व्यवस्थजा हुनु निकै आवश्यक रहेको सजिलै अनुमान गर्न सकिन्छ।
अबको केहि दिनमा बालेंको लौरोले के के गर्ने हो हेर्न बाकीनै छ।
[ref-lokaantar]
अन्तमा यो पनि…