न्युयोर्कलाई उछिन्दै बेइजिङ बन्यो संसारकै धेरै अर्बपति बस्ने सहर

Business National News News

The Mirror Desk,

चिनियाँ राजधानी बेइजिङ संसारकै बढी अर्बपतिहरू बस्ने शहर भएको छ। फोर्ब्स म्यागजिनले प्रकाशित गरेको संसारका अर्बपतिको सूचीमा परेकामध्ये १ सय जना बेइजिङका बासिन्दा छन्। तीमध्ये ३३ जना अर्बपति अहिले मात्रै थपिएका हुन्।

बेइजिङपछि अमेरिकाको न्युयोर्क सहर छ। त्यहाँ ९९ जना अर्बपति बस्छन्। सात वर्षयता न्युयोर्क नै धेरै अर्बपति भएको सहरमा पहिलो नम्बरमा थियो।

बेइजिङमा अर्बपतिहरू थपिए पनि न्युयोर्कका अर्बपतिहरूसँग बेइजिङका सबै अर्बपतिको भन्दा ८० अर्ब डलर बढी सम्पत्ति रहेको छ। यसपालि फोर्ब्सको सूचीमा ४९३ जना नयाँ अर्बपति थपिएका छन्। अर्थात् गत वर्ष हरेक १७ घन्टामा एक जना मानिस अर्बपति बनेका छन्।

चीनमा यस वर्ष २ सय १० जना अर्बपति थपिएका छन्। यीमध्ये आधा भन्दा बढीले उत्पादनमूलक र प्रविधिसम्बन्धी कम्पनीका मालिक हुन्। चीनकी अर्बपति महिला केइट वाङले इ-सिगरेटबाट पैसा कमाएकी हुन्।

भारत धेरै अर्बपति भएको मुलुकमा तेस्रो स्थानमा छ। त्यहाँ १४० जना अर्बपति छन्।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *