The Mirror
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन आयोजना गरेर पदबाट राजीनामा दिदै छन।
उनले केही बेरमै पत्रकार सम्मेलन मार्फत राजीनामा दिन लागेको समाचारमा बताइएको छ।
मन्त्री झाँक्री निकट स्रोतका अनुसार कर्मचारीसँग विदाइ कार्यक्रम पनि आइतबार नै राखिएको छ। नेकपा एसले २२ जेठमा मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो।
तर मन्त्रीहरुले बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिएर सरकार छाड्ने बताएका थिए।
आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएकी मन्त्री झाँक्रीले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सरकार छाड्ने जानकारी गराउन लागेकी हुन।
पार्टीले झाँक्री र आलेसहित ४ जनालाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय पहिलेनै सार्बजनिक गरिसकेको छ।
झाँक्री अघि पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन।
[ref-news24]
अन्तमा यो पनि…