yogesh bhattarai

‘परालका खुट्टा भएको कांग्रेसले देश कसरी चलाउछ?’

National News News

The Mirror

एमाले सचिव योगेश भट्टराईले परालको खुट्टा भएको कांग्रेसले देश चलाउन नसक्ने ठोकुवा गरेका छन। उनले कांग्रेसको नेतृत्वमा रहेको सरकार हरेक मुद्दामा निरिह बनेको बताए।

नेकपा एमाले काभ्रेले शनिबार धुलिखेलमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त दाबी गरे।

उनले भने, ‘कांग्रेस र माओवादीले देशको नेतृत्व गर्न सक्दैन, परालको खुट्टा भएको कांग्रेस, सम्झौता गर्दै हिँड्ने माओवादी र कांग्रेसको मतसहित चार प्रतिशत मत पाएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकको नेतृत्व गर्न सक्दैनन’।

राष्ट्र रास्ट्रीयता हितको पक्षमा उभिएकै कारण एमालेका विरुद्ध सबै विरोधी शक्ति लागेको पी उनले बताए।

उनले दाबीका साथ भने, ‘देश, जनता र राष्ट्रको पक्षमा काम गर्ने एक मात्र पार्टी नेकपा एमाले हो’।

गठबन्धनका कारण नेपाल अन्तराष्ट्रिय क्रिडास्थल बन्दै गएको पनि उनले बताए। भट्टराईले देश युद्ध मैदान तर्फ धकेलिदा पनि सरकारले असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त भुलेको निदाईरहेको आरोप लगाए।

उक्त कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, पोलिट्ब्युरो सदस्य गोकुल बास्कोटा, जिल्ला अध्यक्ष अशोक ब्यञ्जु लगायत अरु नेताहरुले पनि बोलेका थिए।

[ref-sunrisekhabar]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *