परिस्थिति आए, प्रदेशसभा र संघीयता समेत खारेज गर्ने सक्ने प्रधानमन्त्रीको स्पस्ट संकेत

National News News

The Mirror Desk

काठमाडौँ, चारैतिरबाट आलोचित भएका प्रधानमन्त्री के पी शर्मा ओलीले आफुलाई अझै पनि घेराबन्दी र अफ्ठ्यारोमा पार्दै जाने हो भने आफुले सम्पूर्ण प्रदेशसभा समेत विघटन गर्ने चेतावनी दिएका छन्। आफूविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको थाहा पाएपछि संसद् नै विघटन गराएका प्रधानमन्त्री केपी ओलीले आफूसमर्थक मुख्यमन्त्रीहरूविरुद्ध अविश्वास प्रस्ताव आए प्रदेश सभा पनि भंग गरिदिने संकेत गरेका छन् । एउटा टिभी अन्तरवार्ताको क्रममा प्रधानमन्त्रीले प्रदेशसभालाई अप्ठ्यारो हुने गरी फेरि पनि नचाहिदा बाहाना र हर्कत कसैले कहिबाट जारीराखेमा आफुले गम्भीर कदम चाल्ने स्पस्ट संकेत गरे। प्रधानमन्त्रीको यो कडा चेतावनी पछि प्रदेशसभा विघटन गर्ने अधिकार उनलाई छ छैन भन्ने बहस गम्भीर रुपमा उब्जिएको छ।

प्रधानमन्त्रीले प्रदेशसभा विघटन गर्ने सक्छन। यदि उनले चाहेमा विघटन गर्ने सिफारिस राष्ट्रपतिकहाँ पठाउन सक्छन् तर त्यो निर्णय यदि राष्ट्रपतिले अनुमोदन गरेमा निकै नै ठुलो संवैधानिक जटिलता आउन सक्छ। संविधान अनुसार प्रदेशसभा विघटनको निर्णय संघीय संसद [प्रतिनिधि सभा र राष्ट्रिय सभा] को बहुमतले मात्र गर्न सक्छ। तर पनि प्रदेशका संघले हस्तक्षेप गरेमा त्यसलाई अनुमोदन गर्न केन्द्रको संसद् पनि बहाल नभएको अवस्था छ । विभाजित दुई समूहबीच सरकार सञ्चालनमा सहकार्य भएन भने प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईको अल्पमतमा लगभग पक्का जस्तै छ । जम्मा ९३ सदस्यीय प्रदेश सभामा ६७ सांसद ”प्रचण्ड-नेपाल” समुहका छन्।

[ref-dcnepal]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror202

4 thoughts on “परिस्थिति आए, प्रदेशसभा र संघीयता समेत खारेज गर्ने सक्ने प्रधानमन्त्रीको स्पस्ट संकेत

  1. जनतामाथि आर्थिक भार कम हुनुको साथै देशले निकास मिल्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *