The Mirror
पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा एमाले बिजयी भएको छ।
गाउँपालिका अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ ४०४९ मत ल्याएर विजयी भए भने माओवादी केन्द्रका पराजित उम्मेदवारले ३३२९ मत मात्र ल्याए।
उपाध्यक्षमा एमालेकै गोकुलीकुमारी रेग्मीले ४२५९ मत पाइन् भने पराजित भएकी माओवादी केन्द्रकी उम्मेदबार निरू तामाङले ३०४३ मत ल्याइन्।
२०७४ मा यो पालिकामा माओवादी केन्द्रले जितेको थियो।
[ref-setopati]