paul and durgesh

पल शाहलाई अदालतमा देखेपछि भक्कानीदै रोए दुर्गेश थापा

Entertainment National News News

The Mirror

विवादित गायक दुर्गेश थापाले तनहुँ अदालतमा नायक पल शाहलाई देखेपछि भक्कानीदै रोएका छन।

अदालतमा बयान दिने क्रममा दुर्गेश मंगलबार भक्कानिएर रोए। अदालत परिसरमा पल शाहलाई भेटेपछि रातोपिरो भएका दुर्गेश एक्कासी रुन पुगे।

पललाई देख्दासाथ रोएका दुर्गेशले आफ्नो सबै व्यापार चौपट भएको गुनासो पललाई सुनाएका थिए। तनहुँ अदालतमा पलसँग भेट भएपछि दुर्गेशले जीवनमा कहिल्यै भोग्नु नपरेको तनाव आइलागेको बताउँदै सबैथोक बिग्रेको भनिरहँदा पलले भने एकोहोरो सुनिरहेका थिए।

कुनै समय आफ्नो मिल्ने साथी पल शाहलाई यसबिचमा भेट्न के गरेका होलान् ? दुर्गेशले बाहिर पललाई भेटेको बयान दिँदै हिँडेता पनि सुरुमा नाबालिकालाई न्याय दिन भन्दै पलको विरुद्धमा देखिएका दुर्गेशले तनहुँ अदालतमा बकपत्र दिँदै यस घटनाबारे अहिले आएर आँफुलाई कुनै जानकारी नै नभएको बताएका छन।

उनले तनहुँ अदालत बकपत्र दिँदै यस घटनाबारे कुनै जानकारी नै नभएको बताएका थिए। यसअघि नाबालिग गायिकालाई न्याय दिलाउन आफूले भूमिका खेलेको बताउँदै आएका दुर्गेशले अदालतमा आफ्नो बयान फेरेका छन।

यो प्रकरणपछि स्टेज कार्यक्रम नै पाउन छाडेका दुर्गेशले आफूले चाहेर यस्तो नगरेको बताउँदै रोएको अदालतमा उपस्थित प्रत्यक्षदर्शीले बताए । पलको आडामा परेसँगै भक्कानिएका दुर्गेशले मेरो सबै चौपट भयो। व्यापार पनि बिग्रियो । उनले रुँदै भने सोच्दै नसोचेको तनाव हामीलाई आइलाग्यो, मैले चाहेर यस्तो गरेको थिएन।

[ref-osnepal]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *